कुमाख गाँउपालिकामा आर्थिक वर्षको ४२ करोड बढी बजेट सार्वजनिक ,कोरोना नियन्त्रण पहिलो प्राथमिकतामा ,

असार १७ ,काठमान्डौ – कर्णाली प्रदेश सल्यानको कुमाख गाउँपालिकाले आर्थिक वर्षको बजेटमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गत आइतबार १४ गते बसेको सातौ गाउँसभा बैठकले ४२ करोड ६८ लाख ४१ हजारको बजेट सार्वजनिक गरेको छ।

गाँउपालिका अध्यक्ष दिलमाया बुढा मगर गिरिको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष डिल्लीराज जैशीले आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

lekbesi

यो वर्षको बजेटमा कोरोना संक्रमणको महामारीलाई पहिलो प्राथामिकतामा राखीएको छ जसमा २ करोड रकम विनियोजन गरिएको अध्यक्ष दिलमाया बुढा गिरीले रंग दर्पणलाई बताईन।

तेस्तै कोरोना महामारीको अवस्थामा स्वदेश विदेशबाट फर्कीएका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेगरी बजेट उपलब्ध गराईने पनि उनले बताईन।

उनीहरुलाई आफ्नो गाँउ आफै बनाऊ भन्ने मूल उदेश्यका साथ् कृषि,पशु पालन ,सिप सिकाई विभिनन रोजगार मुलुक कार्यक्रम संचालन गरिने पनि बताईएको छ।

तेस्तै शिक्षा र कृषि तर्फ १ -१ करोड बजेट विनियोजन गरिएको छ भने स्वास्थ्यमा १ करोड ,खानेपानी तर्फ १ करोड पशुपालनमा ३० लाख ,महिला विकास तर्फ १० लाख ,सिँचाई तर्फ १ करोड ५० लाख, विद्युतमा १ करोड बजेट विनियोजन गरिएको छ ।

तेसैगरी सडकमा पनि गाँउपालिकाले २ करोड रकम विनियोजन गरेको छ भने समपुरकमा ३ करोड राखीएको हो। तेस्तै गाँउपालिकाले अन्य विभिन्न शिर्षकमा पनि बजेट विनियोजन गरेको छ।

बजेट प्रस्तुत कार्यक्रमलाई प्रमुख प्रशाशकिय अधिकृत जगत बहादुर घर्तीले गरेका थिए भने वडान ४ का अध्यक्ष तिलविर बुढाले कार्यक्रमलाई स्वागत गत गरेका थिए ,गाँउपालिकाको सातौ सभा आईतबार सुरु भई सोमबार सम्म चलेको थियो।