Gold

रुकुम सोती घटनाको प्रतिवेदन बुझ्दै सभामुखले भने दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गर्छु ,

Naumule Migrate

असार ३१ ,काठमान्डौ – रुकुम पश्चिम सोती ८ घटनाको नरसंहार ६ जनाको जातिय कारणले मारीएका युवाहरुको छानबिन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाएको छ ।

गत जेठ १० गते सोतोमा जाजरकोटका ६ युवालाइ मारेर भरी नदीमा फालीएको थियो उक्त घटनाको सन्दर्भमा अध्ययन गर्न गठित समितिले मङ्गलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो ।

सभामुख सापकोटाले प्रतिवेदन बुझ्दै अध्ययन गरी छिट्टै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दुरगामी महत्वको घटना भएकाले छिट्टै अध्ययन गरी कार्यान्वयनमा लैजाने सभामुख सापकोटाले बताएका हुन्। घटनाको छानबिनको लागि प्रतिनिधि सभा बैठकबाट जेठ २६ गते समिति गठन गरि समितिले ३१ गतेबाट काम सुरु गरेको थियो ।

घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेस गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।

सभामुख सापकोटाले विषम परिस्थितिमा पनि निर्धारित समयभित्रै कार्य सम्पन्न गरि प्रतिवेदन बुझाएकोमा समितिलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको थियो । घटनामा संलग्न ३४ जनालाई पक्राउ गरि अदालतमा पेश गरिएको छ।

Naumule Badhipahiro