मलाई पहिले थाहा थियो राजीनामाको कुरा उठ्छ भनेर तेसैले बैठक बोलाईन प्रधानमन्त्री ओली ,

साउन २ ,काठमान्डौ – नेकपा विवाद लामो समयसम्म पनि निषकर्ष निक्लन सकेको छैन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद स्थायी कमिटि हुँदै केन्द्रीय कमिटीमा पुगेको छ।

आजपनि स्थायी समिति बैठक बस्दै छ सम्भवत आजको बैठकलेनै केन्द्रिय कमिटिको मिति तय गर्ने छ।

नेकपा भित्रको विवाद मिलाउन नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीको नियमित छलफल चलेपनि कुनै टुंगो लागेन ।

हिजोको बैठकमा बरिस्ठ नेता माधव कुमार नेपालपनि सहभागी भएर त्रिपक्षिय छलफल चल्यो तर कुरा तेही हो प्रधानमन्त्री ओलीको राजिनामा।

ओलीको पहिले देखिने अडान रहेको छ आफुले राजिनामा नदिने हिजिको बैठकले पनि निष्कर्ष बिहिन भएपछि प्रचण्ड माधव नेपालको समूह खुमलटारमा बसेर छलफल गरेको छ भने प्रधानमन्त्री ओलीलेपनि आफ्ना निकट नेताहरुलाई बोलाएर वालुवाटारमा छलफल गरेका छन्।

नेकपाको अन्तिम विकल्प भनेको प्रधानमन्त्री ओलीले राजिनामा दिनु हो ,स्थायी कमिटि बैठकको छलफलमा ओलीले राजिनामा नदिने बताएपछि अब जे निर्णय गर्छ केन्द्रिय कमिटि बैठकले गर्छ नेकपा उपाअधय्क्ष वामदेव गौतमले रंग दर्पणलाई भने।

पार्टी विधान अनुसार नेकपा केन्द्रीय समिति बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने व्यवस्था छ । यसअघि गत माघमा केन्द्रीय समिति बैठक बसेको थियो ।

आजको बैठकले कम्तिमा एक महिना भित्र केन्द्रिय कमिटि बैठकको माग गरिने छ ,त्यो बिचमा प्रधानमन्त्री ओलीको राजिनामाको कुरा उठ्ने छैन ,केन्द्रीय समिति बैठकअघि नेताहरुबीच आपसी समझदारीको प्रयाससमेत गरिने छ ।

यो प्रयासमा ओलीलाई प्रधानमन्त्री या पार्टी अध्यक्ष दुई मध्ये एक रोज्न समय मिल्नेछ । प्रधानमन्त्री ओली दुवै पद नछोड्ने अडानमा छन् ओलीले यहि अडान राखेभने अन्तिम विकल्प केन्द्रीय समितिमा भोटिङ गर्नुपर्ने र त्यो अन्तिम र वैधानिक निर्णय हुनेछ स्थायी समितिका एक सदस्यले भने ।

ओलीलाई पहिले थाह थियो राजीनामाको कुरा उठ्छ भनेर ,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिले थाह थियो राजीनामाको कुरा उठ्छ भनेर तेसैले उनले नेताहरुले स्थायी समितिको बैठक माग गर्दापनि उनले कुनै चासो दिएनन।

नेताहरुले चर्को दबाब दिएपछि उनले बल तल्ल असार १० गते स्थायी समिति बैठक बोलाउन सहमत भएको ओलीको मनमा कुरा चलिरहेको थियो मेरो राजीनामाको कुरा उठ्छ सत्य पनि तेही थियो।

स्थायी समितिका ३० जना सदस्यले केपी ओलीले राजिनामा दिनुपर्ने माग राखे ओलीले बिचमा बैठक छोड्ने आफ्ना निकट नेताहरुलाई गुहार्ने त दैनिक रास्ट्रपति विद्यादेवी भण्डारीलाई भेटनजाने जस्तो गरे।

तर ओलीको पक्षमा कतैबाट पनि बहुमत जुटेन, तेस्पछि ओली बैठकमा आऔन छोडे विषयवस्तु मोड्न थाले अन्य नेताहरु अचम्ममा परे।

तेस्पछि ओलीले आफुले नेपालको नँया नक्सा जारि गरेपछि आफुलाई हटाउन भारत सक्रिय रहेको अभिव्यक्ति दिए नेकपामा झनै विवाद चर्कियो।

तेस्पछि बरिस्ठ नेता माधव कुमार नेपाल उपाधय्क्ष वामदेव गौतम ,झलनाथ खनाल लागयातले ओलीले तत्काल दुवै पदबाट राजिनामा दिनुपर्ने माग राखे ,आफ्ना निकटलेनै राजीनामाको माग राखेपछि ओलीले थप फंडा देखाउन थाले र भन्न थाले अयोध्या नेपालमै पर्छ।

अहिले नेकपाको विवादले कतै पार्टी फुट्नेपो होकी भन्ने सम्म अड्कलबाजी नभएका होईनन जसले गर्दा सहमतिनै ठुलो प्रयास हो तर सहमति जुटेन।

अबको एक महिना अभित्र केपी ओलीलाई गोल्डेन चान्स हो ,यो बीचमा केन्द्रीय सदस्यहरुलाई आफ्नो पक्षमा पार्ने र राजीनामाको विषय टार्ने, दोस्रो त्यो प्रयास असफल भए दुई मध्ये एक पदबाट राजीनामा गर्ने ।

तर यो बैठकमा अपनी ओलीको राजीनामाको माग गर्ने समूह ठुलो छ। जसले गर्दा ओली हार्ने पक्कनै छ।

,तेसैले ओलीको उत्तम उपाए भनेको ओलीले एक पदबाट राजिनामा दिएर एक पद बचाउनु हो । तर उनको घुर्कीले केपी ओलीको राजनीतिक पदस्थनै धरापमा पर्ने देखिन्छ।