surkhet

बैंक किस्ताको समयावधि ६ महिनादेखि २ वर्ष थप ,

surkhet

साउन २ ,काठमान्डौ – कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि नेपाल राष्ट्र बैङ्कले २ वर्षसम्म थप गरेको छ ।

आर्थिक वर्षको २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जानकारी दिएका हुन् ।

Gorkha

२०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमाण्ड लोन, क्यास क्रेडिटलगायतका अल्पकालीन प्रकृतिका चालुपुँजी कर्जाहरुलाई बैंक तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने, मौद्रिक नीतिमा जानकारी गराईएको छ ।

Dailekh

मध्यम रुपमा प्रभावितलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ । अति प्रभावित भएकालाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था नीतिले गरिदिएको छ ।

यसरी असल वर्गमा रहे तापनि २०७७ असार मसान्तसम्मको साँवा र ब्याज असुल हुन नसकेको अवस्थामा त्यस्ता कर्जाको लागि आर्थिक वर्ष २०७६/७७ को हिसाबमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ ।

salyan