surkhet

भारतले गर्यो पाकिस्तानमा मिसाईल आक्रमण ९ जनाको मृत्यु

बैशाख २४

surkhet

काठमान्डौ – पहलगाम पाकिस्तानमा एक नेपाली सहित २६ जनाको ज्यान गएको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ।

भारतीय समयअनुसार बुधबार राति १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेसन सिन्दुर’अन्तर्गत भारतले हवाई आक्रमण गरेको हो।भारतको दाबीअनुसार यी तिनै स्थान हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो।

समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ।अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए।

Dailekh

समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ- प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको निगरानी गरे।

Gorkha

यसैबीच भारतीय सेनाले पाकिस्तानी सैन्य अखडामा आक्रमण नगरिएको, आतंककारी लुक्ने स्थानलाई मात्र निशाना बनाइएको बताएको छ।

अर्कातर्फ स्रोतहरूले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार यो एक संयुक्त सैन्य अपरेसन थियो, जसमा भारतीय सेना र वायुसेनाले संयुक्त रूपमा सटिक स्ट्राइक हतियार प्रयोग गरेका थिए।

समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ- भारतीय सेनाले पहलगाम आतंकवादी हमलाको लागि जैश-ए-मोहम्मद र लश्कर लुक्ने ठाउँलाई प्रहार गर्ने उद्देश्यले लक्ष्य छनोट गरेको थियो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको “युद्धको कार्य” को कडा जवाफ दिने आफ्नो देशको पूर्ण अधिकार रहेको बताएका छन्।

salyan