प्रहरीद्धारा १ लाख ५८ हजार बराबरको अबैध सामान बरामद ,

साउन ५ ,नवलपारासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बिभिन्न गाउँबाट प्रहरीले १ लाख ५८ हजार ४ सय ८० मुल्य बराबरको अबैध सामान बरामद गरेको छ ।

आइतबार सुस्ता गाउँपालिका ३ बाट राती ९ बजे भारतबाट नेपाल तर्फ अबैध रुपमा भित्राउँदै गरेको १५ हजार मुल्य बराबरको ३४ वटा बोइलर कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै आज साढे ११ बजे प्रतापपुर गाउँपालिका ५ भैरबपुरमा नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको २४ हजार मुल्य बराबरको ६ वटा बोरामा मटर (केराऊ),बरामद गरेको छ।

तस्करले छोडेर भागेको अवैध कपडा ,

तेस्तै आजै साढे १ बजे रामग्राम नगरपालिका ४ बैरिहवामा भारतबाट नेपाल तर्फ अबैध रुपमा भित्राउँदै गरेको ३४ हजार ८ सय मुल्य बराबरको कपडा, यस्तै दिउँसो १२ बजेर ४० मिनेट जाँदा पाल्हिनन्दन गाउँपालिका १ रमपुरमा भारतबाट नेपाल अबैध रुपमा भित्राउँदै गरेको ८४ हजार ६ सय ८० मुल्य बराबरको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । अबैध काममा संलग्न मानिसहरु प्रहरीलाई देखेपछि सामान छाडेर भागेका थिए ।

बरामद गरिएको कुखुरा मटर र कपडा आवश्यक कारबाहीका लागी कुखुरा पशु क्वारेन्टाइन महेसपुर र अन्य सबै सामानलाई महेशपुर भन्सार कार्यालयमा पठाइएको लामाले जानकारी दिए ।

रबिन्द्र यादव,