Gold

अक्सफोर्ड युनिभर्सिटीले कोरोना भाइरसविरुद्धको खोपको सफल घोषणा घरेको छ ,

Naumule Migrate

साउन ५ ,काठमान्डौ – कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको आज साँझ बिबिसीले जनाएको छ |

११०७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ।

बेलायतले एक अरब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको छ।

यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माणको पहिलो चरणमा बताएको थियो।

यो खोपलाई कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने विश्वास गरिएको छ।

दोस्रो फेजको ट्रायलमा सहभागीमध्ये ९० % लाई पहिलो डोजले नै एन्टिबोडी बिकास गरेको छ भने १० % लाई दुई डोज दिनुपरेको जनाइएको छ।

सहभागीमध्ये ७० % लाई ज्वरो आउने तथा टाउको दुख्ने लक्षण देखिएपनि कुनै गम्भीर पार्श्वप्रभाब नभएको अनुसन्धानकर्ताले उल्लेख गरेका छन्।

तेस्रो तथा अन्तिम चरणको ट्रयालमा बेलायतमा १०, ०००० व्यक्तिलाई, अमेरिकामा ३०,००० व्यक्तिलाई, दक्षिण अफ्रिकामा २,००० व्यक्तिलाई र ब्राजिलमा ५,००० व्यक्तिलाई समाबेश गरिने विश्वविध्यालयले बताएको छ।

यो बर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम बर्गमा रहेका व्यक्तिलाई खोप दिने तथा अर्को बर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्वका अधिकांश देशमा पुर्याउने उत्पादकको दावी छ।

जन स्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डे

Naumule Badhipahiro