Gold

कोशी ब्यारेजमा पानीको सतह उच्चमा पुग्यो स्थानीय त्रासमा ,

Naumule Migrate

साउन ६ ,काठमान्डौ – अविरल वर्षाले सप्तकोशीमा पानीको बहाव भएको छ । अहिले सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९७० क्युसेक पुगेको छ ।

ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । पानीको बहाव बढेपछि सप्तरी र सुनसरी सीमामा बस्नेहरुलाई स्थानीय प्रशाशनले सतर्क रहन आग्रह गरेको छ।

पानीको ओभरफ्लो बस्तीमा बस्ने खतरा बढेको छ। तेस्तै चीनले केरुङ च्छो ताल फुट्ने चेतावनी हिजोनै दिएको छ।

,उक्त ताल फ़ुट्योभने भोटेकोशीमा मिसिने र ताल्कोपानी सप्तकोशीमा बहने गर्दछ। तेस्तै स्थानीय स्तरमा भएका साना अठुला नदि खोला समेत बढेका छन् जसले गर्दा स्थानीय त्रासमा छन्।

बाढी पहिरोले नेपालका विभिनन प्रदेश जिल्लामा वितण्डा मच्चाएको छ सयौको ज्यान लिएको छ भने हजारौको बस्ति उजाड र घाईते बनाएको छ।

Naumule Badhipahiro