रुकुम घटनाका पिडित दलित सुनिता सुनारलाई आत्मरक्षा अभियान बाट मासिक १२ हजारका दरले सहयोग गर्ने घोषणा ,
साउन ,१० काठमान्डौ – रुकुम पश्चिम सोती ८ घटनामा ज्यान गुमाएका स्व टिकारामकि श्रीमती सुनिता सुनारलाई दलित आत्मरक्षा अभियानले मासिक रुपमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
दलित आत्मरक्षाले आज मात्र रु १२ हजार सुनितालाई सहयोग गरेको छन ,भने यस घटनामा ज्यान गुमाउने सबै पिडित हुन् तर आर्थिक भौतिक ढंगले सुनिता झनै पिडित देखेपछि अभियानले मासिक रुपमा रु १२ हजार सहयोग गर्ने उपसम्योजक होम गोतामे बि क जानकारी दिए।
केहि महिना अगाडी मात्र अभियानले ज्यान गुमाएका ६ घर परिवारलाई रु २५ हजार सहयोग गरेका थिए। सो रकम दलित आत्मरक्षा अभियान र रंग दर्पणका रिपोर्टर सदस्य सर्जन बिसीले पिडित परिवारलाई हस्तान्तरण गरेका हुन्।
आर्थिक हस्तान्तरण गर्दा सबै स्थानीय ,दलित आत्मरक्षा अभियानले सबै भन्दा बढी पिडित को छ त भन्ने विषयमा छलफल समेत गरेको थियो।
उक्त विषयमा स्व टिकाराम विक कि श्रीमती सुनिता सुनार अहिले जम्मा १८ वर्षको उमेरमा विधुवा हुनु भएको छ र उनको २ वर्षीय बालक पनि छन्।
त्यस्तै उनि अहिले कक्षा ११ मा पढ्ने गरेकी छिन ,उनको आर्थिक ,भौतिक सबैपक्ष निम्न छ , यो कुरा अभियानका उपसम्योजक बि क ले जानकारी गराएपछि अभियानले मासिक रुपमा १२ हजार सहयोग गर्ने छ।
गोतामेले भनेका छन ज्यान गुमाउनेमा सबैलाई पिडा छ, तर सुनिता झनै पिडामा भएको हुनाले अभियानले मासिक आर्थिक सहयोग गर्ने छ जसले गर्दा उनलाई पढेर अगाडी बढेर केहि सानो तिनो जागिरमा लागने प्रेरित होस्। सुनिता आफ्नो खुट्टामा नउभिए सम्म यस अभियान बाट सहयोग रहने छ।
सहयोगदातालाई सम्पूर्ण स्थानीय दलित आत्मरक्ष संस्था रंग दर्पणले हार्दिक सुभकामना ज्ञापन गरेको छ।
गत जेठ १० गते रुकुम पश्चिम सोती ८ मा जाजरकोटका ६ जना युवाले जातीयता र प्रेमका कारण ज्यान गुमाएका छन्।