सुन हो होइन पत्ता लगाउन नसक्दा प्रहरी अलमलमा जिम्मेवारीपनि कट ,

साउन १६ ,काठमान्डौ – काठमान्डौको बागबजार स्थित प्रहरीको कोठाबाट एक केजी सुन जस्तो पहेलो धातु फेला परेको छ।

महानगरीय प्रहरी कार्यालयकी एसएसपी किरण बज्राचार्यका अनुसार उमेश श्रेष्ठको डेराबाट यो धातु बरामद गरिएको हो ।

उमेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ ।

उमेशले आफ्ना साथी प्रहरी जवान प्रसन्न श्रेष्ठले यो धातु राख्न दिएको बताएको बज्राचार्यले बताईन ।

मंगलबार प्रहरीले १५ किलो सुन जस्तो पहले धातु फेला परेर पत्रकार सम्मेलनमा बताएको थियो।परीक्षणका क्रममा भने साढे १५ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।

यो प्रकरणमा उनको अप्रेशन सहि नभएको र गलत सुचना दिएको भन्दै दरबारमार्ग प्रहरी प्रमुख डीएसपीलाई जिम्मेवारीबाट हटाइएको छ । उनी हाल प्रहरी एकडेमीमा काज सरुवा छन् ।