चर्चित गायक रामजी खाँडको युटुब बाट हट्यो तीज गित ,

साउन १६ ,काठमान्डौ – चर्चित गायक रामजी खाँडले आफ्नो युटुबबाट तीज गित हटाएका छन्।

तीज गित सान्दर्भिक नभएको भन्दै उनले सबै राजा बोलको गित युटुबबाट हटाएको बताएका छन्।

उनले हामि सबै सच्चिन पर्ने र आफ्नो मौलिकतालाई बचाईराख्नेमा ध्यानदिनुपर्ने पनि बताएका छन्।

साथै खाँडले अन्य कलाकार ,कलाकार्मीले आफ्नो मौलिकता र परम्परालाई पच्छ्याउनुपर्ने सुझाव दिएका छन्।

पछिल्लो समयमा तीज गित बिगारेर थुप्रैले बजारमा पठाएका छन् ,जुन गितले समाजमा विकृति फैलाएको भन्दै लोक दोहोरि प्रतिस्ठानले ध्यान आकर्षण गरेको छ।

लोकदोहोरी प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्रि पंगेनीले रामजी खाँडले गित युटुबबाट हटाएर आफ्नो नैतिकता र जिम्मेवारी प्रमाणित गरेको भन्दै धन्यवाद दिएका छन्।

पंगेनीले अगाडी भनेका छन् हामि ,हजुर ,म सबैबाट थुप्रै गल्ति भएका छन् ,हामी सबै सच्चिने बेला आएकोछ।

सबैले तपाईंको बाटो पछ्याउन् र म मेरो तर्फबाट भएका गल्ती प्रती पनि सधै क्षमाप्रार्थी रहनेछु।