कोरोनाबाट थप एक जनाको मृत्यु ,

साउन १७ ,पर्सा – वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत थप एक जना महिलाको कोरोना (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ ।
६८ वर्षीय ति महिलामाथि शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

ज्वोरो, निमोनिया ,उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएकी उनको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहले बताए ।

हाल सम्म पर्सामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ भने नेपालभरबाट अहिलेको समयसंग ५७ पुगेको छ।
