फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य ,
साउन १७ ,काठमान्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै दुई रुपैयाँ बढाएको छ ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।
नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले अगस्ट १ मा पठाएको मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको छ ।
यसरि मूल्य समायोजन पश्चातपनि निगमलाई पेट्रोलमा १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा नोक्सान नै रहेको निगमले बताएको छ ।