पैसा कमाउने धन्दा बच्चाको आमा र बाल गृहकी संस्थापक पुस्पा अधिकारीले गरेको नाटक पर्दाफास ,
साउन २० ,काठमान्डौ – जो सुकैले सुरुमै हेर्दापनि यो कार्टुनमा राखीएको बच्चा कसैले पनि फालेको होइन जस्तो आंकलन लगाउन सकिन्छ।
किनकि यो बच्चालाई लगाईएका कपडा ,टोपी र बच्चाको अनुहास हाउ बाहु हेर्दा कसैले पनि फालेको हो भन्ने बुझिदैन।
झाडीमा ,नालीमा ,सडकमा छोडेर गएका बच्चाहरुको हुलिया सबैले देखेकै कुरा हो। तरपनि युटुबरले भिडियो बनाएर हालेपछि सबैको ध्यान केन्द्रित भयो र खोजितालासी प्रहरीले गर्यो।
बेबारिसे बाल बालिकाको संरक्षन र संस्थापकमा जुटेकी केयर बाल गृहकी संरक्षक पुस्पा अधिकारी र बच्चाकि आमाले पैसा कमाउने नाटक गरेर कार्टुनमा बच्चा राखेको अहिले खुल्न आएको छ।
बच्चाको आमा र अधिकारी मिलेमतोमा कपनको आकासे धारा नजिक साउन १२ गते कार्टुनमा राखेको खुलेको हो।
कमाउने धन्दामा लागेको आमा र केयर बाल गृहकी संरक्षक पुस्पा अधिकारीलाई अहिले प्रहरीले पक्राउ गरिसकेको छ।
जुन खबरले समाजको घिन लाग्दो पाटो कता तिर जाँदै छ भन्ने समेत प्रस्ट हुन्छ।पुष्पा अधिकारिको संरक्षकमा अहिलेपनि २० बालबालिका रहेको खुलेको छ।
उनलाई देश विदेशबाट सहयोगी दाताले सहयोग गर्ने गरेका छन्। तर आमा संगै भएको बच्चा देखाएर पनि उनले यो धन्दा सुरु गरेपछि थप घटना बाहिरिएको हो।
विदेशबाट फर्कीएकि महिलाको बच्चालाइ बाकसमा हालेर कमिला समेत लगाउने गरि केहि घण्टा राखीएको पुष्पा अधिकारीले स्विकारी सकेकी छिन।
कुनै पनि बेबारिशे शिशु फेलापरेमा संस्थापक पुष्पा अधिकारिले प्रहरीलाई जानकारी गर्नुपर्नेमा बल्कि युटुबरहरुलाई बोलाएर भिडियो सनसनी गराएकि थिइन्। उनले चार वर्ष अगाडीबाट केयर बाल गृह खोलेकी छिन।
बच्चाकि आमाको नाम गोप्य राखीएको छ। यो घटनामा थप अनुसन्धान भईरहेको बौद्द प्रहरीका डिएसपि नविन कार्कीले जाकारी दिएका छन्।