surkhet

तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का अपहरण कसुरमा पक्राउ,

surkhet

साउन ३० ,काठमान्डौ – लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन्।

ब्याक्तिलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

Gorkha

खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

Dailekh

उपभोक्ता समितिका दर्पण घिसिङलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको भन्ने उजुरीका आधारमा खड्कालाई मन्थलीबाट पक्राउ गरिएको पाठकले बताए।

खड्का तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । पार्टी नीति विपरीत काम गरेको भन्दै गत वर्ष नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य रहेका खड्कालाई प्रदेश कमिटीले निलम्बन गरिसकेको छ ।

salyan