पर्सामा मेयर ,स्वास्थ्यकर्मी ,पत्रकार सहित थप ९२ जनामा कोरोना पुस्टि ,

भदौ १ ,वीरगन्ज – पर्सामा थप ९२ जनामा (कोभिड १९ ) कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादव ,पोखरियाका एक जना पत्रकार अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमित भएका छन्,जसमा ३८ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् ।

साउन २६ गते वीरगन्ज,११ श्रीपुरमा गरिएको स्वाब संकलनमा ११ जना र साउन २७ मा त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलनमा २७ जनामा कोरोना पुष्टि भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो ।

नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव भएपछि साउन २७ मा १२ सयभन्दा बढी स्वाब नमुना टेकु पठाइएको बताईएको हो । जसको रिपोर्ट आउने क्रम जारि रहेको छ।