एकै दिनमा कोरोनाबाट ७ जनाको मृत्यु, एटिएम प्रयोगकर्ताले ध्यान पुर्याउनुहोस मन्त्रालय ,

भदौ २ ,काठमान्डौ – नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ।

जसमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ -१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेको स्वास्थ्य मन्त्रालयले पुस्टि गरेको हो ।यो संगै नेपालमा कोरोनाबातामर्नेको संख्या ११४ पुगेको छ।

तेस्तै स्वास्थ्य मन्त्रालयले कोरोनाबाट मृतक ब्याक्तिहरुको फोटो सार्वजनिक गर्ने भिडियो बनाई हार्दिक श्रदान्जली गराई सामाजिक सञ्जालमा हालेको प्रति आपत्ति जनाएको छ भने कुनै पनि सञ्चार मिडियाले यस्तो नगर्न आग्रह गरेको छ।

तेस्तै एटिएमबाट पैसा निकाल्नेहरुले विशेष ध्यान दिन र पैसा निकालिसकेपछि राम्रो संग साबुन पानीले हात धुन र सेनीटाईजर प्रयोग गर्न स्वस्थ्य मन्त्रालयले अनुरोध गरेको छ।