surkhet

अब कोरोना रिपोर्ट मोबाईलमा आउछ स्वास्थ्य मन्त्रालय ,

surkhet

भदौ २ ,काठमान्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक जस्तो उपत्यकामा कोरोना संक्रमित बढेपछि घना बस्तिमा रहेकाहरुलाई सचेत हुन जानकारी गरेको छ।

स्वास्थ्य मन्त्रालयले आज मंगलबार एक सुचना जारि गर्दै कोरोना परिक्षण गराउन जाने ब्याक्तिहरु बाटोमा आउँदा र जाँदा संक्रमितसंग भेट हुनसक्ने भएको हुँदा सावधानी अपनाउन जानकारी गरेको छ।

तेस्तै कोरोना संक्रमित आफै रिपोर्ट लिन जाने गरेको समेत पाईएपछि अब मन्त्रालयले नँया उपाए अपनाएको छ।

Dailekh
Gorkha

मन्त्रालयले अब भने कोरोना नेगेटिभ ब्याक्तिको रिपोर्ट मोबाइल नब्मरमा एसएमएस मार्फत पठाईदिने जानकारी गरेको छ जसको लागि व्यक्तिले सहि सम्बर उपलब्ध गराउन पनि आग्रह गरेको छ।

संक्रमित ब्याक्तिनै प्रयोगशालामा रिपोर्ट ल्याउन गएको र बाटोमा केही नभएको जस्तो गरि भिड भाडमा प्रवेश गरेको समेत पाईएको हुनाले मन्त्रालयले यो उपाए अपनाएको बताएको छ।

तेस्तै कोरोना पोजेटिभ भएका हरुको रिपोर्ट भने ईपिडीयोमोलोजी तथा रोग नियन्त्रण महाशाखा वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जानकारी हुने मन्त्रालयले जनाएको हो।

salyan