देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग,,

वैशाख,२१ काठमाडौं – सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान देशैभरि देखिएको छ ।

शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।

काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । गोंगबुस्थित नयाँबसपार्कको पार्किङ क्षेत्रमा गाडीहरु थन्काइएको छ ।

टिकट काउन्टर बन्द छन् । गन्तव्यमा प्रस्थान गर्नुअघि बस राखिने ट्राकहरु सुनसान छन् । गाडी नपाएर यात्रुहरु अलपत्र परेका छन् ।

तेसै गरि अधिराज्य भरिका जिल्ला बाट आउने गाडी हरु सबै आ आफ्नो बस स्टेसनमा रोकियका छन् ।, सल्यान दाङ्ग , बुटवल , सल्लीबजार , जाजरकोट बाट राजधानी आउने सबै गाडी हरु ठप्प गरियको छ।

सरकारले यात याताको माग पुरा नगरे आन्दोलन ससक्त गर्ने चेतावनी दियका छन् ।, सरकारले यो कुरामा नमान्ने र गाडी नचलाउने हरुको लागि रुटनै खारेज गर्ने चेतावनी दियको छ ।