suekhet
bheriad

कहाँ हरायो साढे ३३ किलो सुन ? सनमकी गर्लफ्रेण्ड भन्छिन्- लुटिने सूचना गोरेले पाइसकेका थिए ,,

lekabesi

वैशाख,२१ काठमाडौं – तस्करीको साढे ३३ किलो सुन गायब भएपछि दोस्रो शिकार बनेका थिए, उर्लाबारीका सनम शाक्य । उनी सुन तस्करीका नाइके मोस्टवान्टेड चुडामणि उप्रेती ‘गोरे’ का भरिया र सुनको हिसाबकिताब राख्ने एकाउन्टेन्ट समेत थिए ।

उनै सनमको हत्याबाट सुरु भएको सुन तस्करीको र्‍याकेटको अनुसन्धानले एउटा ठूलो रहस्य सार्वजनिक गरेको छ, ‘नेपालको विमानस्थल सुन तस्करीका लागि स्वर्ग हो ।

 

हत्या गरियक सुन भरिया सनम शाक्य र सुन मालिक चुडामणि उप्रेती ,,

प्रहरी अधिकारी र विमानस्थलका कर्मचारीसँगको सेटिङमा ४ वर्षमा सहजै करिब ३८ क्वीन्टल सुन तस्करी भएको रहस्योदघटन भएको छ ।

तस्करलाई सघाउन प्रहरीका उच्च अधिकारीले नै लाखौं रुपैयाँ लिएको खुलेको छ । तर, अहिलेसम्म सार्वजनिक विवरणमा नखुलेको रहस्य चाहिँ गायब भएको साढे ३३ किलो सुन कहाँ छ ? भन्ने हो ।

आखिर कहाँ गयो त सुन ?

९ माघमा यूएईबाट रोहित आचार्य र टेकबहादुर मल्लले नेपाल ल्याएका थिए, सुनका १२ वटा विस्कुट । जुन साढे ३३ किलोको थियो ।

विमानस्थलबाट अनामनगरमा रहेको गोरेको अड्डासम्म सुन पुर्‍याउने जिम्मेवारी विमानस्थलका कर्मचारी सानु वनले पाएका थिए ।

वनसहित तक्ले भनिने पुन्यप्रसाद लामाले विमानस्थलबाट सुन बाहिर निकालेका थिए ।

तर, अनामनगर आइपुगेपछि मोटरसाइकलमा आएको अज्ञात समूहले उनीहरुबाट सुन लुटेका थिए । र, गोरे समूहका व्यक्तिको दबाव सहन नसकेर वनले विमानस्थल परिसरमै आत्महत्या गरे ।

सनमकी गर्लफ्रेन्ड भन्छिन्- सनमलाई ३ जनाले लुट्ने योजना थियो

यसैबीच, सनमकी प्रेमिका निशा सेन ठकुरीले भने शाक्यलाई ३ जनाले लुट्ने योजना बनाएको बताएकी छन् । प्रहरी हिरासतमा रहेकी ठकुरीले बयानका क्रममा रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएको खुलासा गरेकी छन् ।

त्यसमध्येका रमेश श्रेष्ठलाई सनम र निशाको सम्बन्धबारे सबै कुरा थाहा रहेछ । त्यो योजना बन्नुअघि महानगरीय अपराध अनुसन्धान महाशाखाका सई बालकृष्ण सञ्जेलसँग निशाको भेट भएको थियो ।

उनलाई रोशनले सञ्जेलसँग चिनजान गराएका थिए । पछि सञ्जेलले नै त्यो योजनाबारे नाइके चुडामणि उप्रेती ‘गोरे’लाई सूचना दिएको उनले बयान दिएकी छन् ।

निशाले प्रहरी समक्ष दिएको बयान जस्ताको तस्तैः

मेरो गत २८ साउनमा पटक दबारमार्गस्थित आइ क्लबमा सनम शाक्यसँग चिनजान भएको थियो । त्यहाँ म मोडलिङ गर्न गएको थिएँ । उनीसँग चिजान हुँदा सनम शाक्यका साथी मोहन लगायत ४/५ जना थिए । त्यो दिन उसले मेरो फोन नम्बर मागेर लगेका थियो । त्यस समयपछि उनी र मेरो फोन तथा म्यासेजमा कुरा हुन थाल्यो ।

हामी नजिक हुँदै गयौं, मैले तपाईको घर कहाँ हो भनी सोध्दा मोरङको उर्लाबारी हो भनेको थियो । हाल काठमाडौंको हाडीगाउँमा डेरा गरी बस्छु भन्नु हुन्थ्यो । उसले मेरो कोठा जाउँ भनेकाले म हाडीगाउँ पनि गएको थिए, सनम साथीहरुसँग बस्दा रहेछन् ।

पछि थाहा पाएँ, गोरे भन्ने चुडामणि उप्रेतीले उनीसँग काम गर्ने मानिसहरुलाई राख्नका लागि उक्त घरको कोठा भाडामा लिएका रहेछन् । त्यस कोठामा जाँदा कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, भविन राई, रुस्तम मिया समेतलाई देखेकी हुँ ।

सनमसँग घुम्न जाने क्रममा दशैंको २ दिन अगाडी म, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की र कृष्ण बस्नेत गइ २ दिन जति धरानमा बस्यौं, घुम्ने क्रममा म सनमको गाउँ उर्लाबारीसम्म पनि गएको थिएँ ।

तर, सनमको घरमा गइन, दशैंको टिकाको दिन मेरो आमाको जन्मदिन भएकोले म प्लेनबाट काठमाडौं आए । काठमाडौं आएपछि ठमेलको होटल बडीमा आमाको जन्मदिन मनायौं । त्यो पार्टीमा मेरो साथीहरु रोशन श्रेष्ठ, आकाश लामा, दिदीको साथी रमेश श्रेष्ठ लगायत अफिस इस्टाफ तथा आमाका साथीहरु समेत थिए ।

त्यसपछि पार्टी सकेर हामीहरु सबै ठमेलको फेसेस लन्ज एण्ड बार (क्लब) मा गयौं । त्यहाँ जुस खाएर बसी रहेको समयमा मेरो मोबाइलमा सनमले भिडियो कल गरेको थियो । र, म साथीहरुबाट छुटेर तल झरेर सनमसँग कुरा गर्न थालेँ । त्यो क्रममा पार्टीमा निम्त्याइएका साथीहरु मध्ये रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा बीचमा छुट्टै कुराकानी भएको रहेछ ।

रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएका रहेछन् । उनीहरुको यो कुरा हुनुभन्दा अगाडी रोशन र आकाशसँग मेरो दरबारमार्गमा बालकृष्ण सञ्जेलसँग भेट भएको थियो

मेरो फोनको वाल पेपरमा मेरो र सनमको फोटो देखेपछि रमेश श्रेष्ठले यो मान्छेलाई चिन्छु भनेर भनेका थिए । अनि, मैले कसरी सनमलाई चिन्नु भयो भनि सोध्दा रमेशले म आफैं पनि सनमहरुसँग काम गरेको तर अहिले छाडेको कुरा भनेका हुन् ।

रमेशले मलाई सनमको बारेमा धेरै थाहा नभएका कुराहरु भन्यो । त्यसपछि मैले सनमको कामको बारेमा थाहा पाएकी हुँ ।

त्यसपछि मैले सनमलाई मन चोर्ने उद्देश्यले सोध्दा सनमले हो, म सुन तस्करीको कारोबार गर्छु भनेको थियो । सनमले तँलाई कसरी थाहा भयो भनि मलाई सोध्दा मैले रमेशले भनेको भनेकी हुँ ।

रमेशको नाम लिँदा मैले मेरो मोबाइलमा भएको फोटो देखाउँदा उसले यो टेकराज मल्लको सालो हो भनेका थिए । फेसेज लन्चमा ती तीन जनाको बीचमा कुरा भएको समयसम्म म अन्जानमा थिएँ, तर, रमेश श्रेष्ठलाई मेरो र सनमको सम्बन्धको बारेमा सबै कुरा रहेछ ।

रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएका रहेछन् । उनीहरुको यो कुरा हुनुभन्दा अगाडी रोशन र आकाशसँग मेरो दरबारमार्गमा बालकृष्ण सञ्जेलसँग भेट भएको थियो ।

त्यहाँ कुरा हुँदा सञ्जेल इकाउन्टर इस्पेसलिस्ट हो भनि मलाई रोशन श्रेष्ठले दरबारमार्गमा भएको बेक्स ऐन्ड केक्स पसलमा चिनजान गरायो ।

उनीहरुको प्लान सफल हुनुभन्दा अगाडी सञ्जेलले यो कुराहरु गोरेसँग पुर्‍याएको थियो । त्योसँगै मेरो केही तस्विरहरु पनि सञ्जेलमार्फत सनमको गर्लफ्रेन्ड भनेर गोरे भन्ने चुडामणि उप्रेतीलाई तस्विरहरु पठाएको कुरा मलाई सनमले भनेका थिए ।

त्यसपछि गोरेले सनमलाई तेरो गल्डफ्रेन्डलाई सकाइ दिउँ भनेर भनेको कुरा सनमले मलाई भनेको थियो । र, सनमले मलाई अलि होस गरेर हिड्नु भनेका थिए ।

सो घटनापछि हाडीगाउँस्थित सनम र अन्य साथीहरु बस्ने घरबाट सबै सामानहरु निकाली गोरे समेतले सो घर छाडेका थिए, सनम र म समेत दशैंमा धरान घुम्न गएको समय देखिनै सनम काठमाडौं आएका थिएनन् ।

प्रायः म नै उसलाई भेट्न प्लेनबाटै बिराटनगर भेट्न जाने गर्दथे । सनम पूर्व रहेको बेला मैले उसलाई यो काम नगर्नु भनि सम्झाउने गरेको थिएँ । तर, उसले मलाई यो काम छाड्न केही समय लाग्छ तत्काल छाड्न मिल्दैन भन्ने गरेका थिए ।

उसको दाइ भनिएका गोरे भन्ने चुडामणि उप्रेतीकै कुरा मान्ने गरेका थिए, मैले भनेको नमानेकोले मेरो र सनमको विवाद पनि भएको थियो । फेरि केही समय पछि सनम विवाहित हो भनि मैले थाहा पाएपछि मैले सनमसँग कुनै सम्पर्क गरेको थिइन ।

उसले नै मलाई सम्पर्क गर्न खोज्थ्यो । तर, उसको फोन पनि उठाउँदिन थिएँ । तर, पछि मेरो र सनमको Whats App मा कुराकानी भयो ।

केही समयपछि सनम भारतबाट दुबई गएको कुरा मलाई सनमले भनेका थिए । त्यसपछि सनम क्रिस्मस डेको दिन डिसेम्बर २५ तारिक नेपाल आएका थिए । त्यो दिन मलाई भविन राई लिन आएकोले म र भविन सनमलाई लिन एयरपोर्ट गएका थियौँ ।

हामी बीच भेटघाट भइ कुराकानी पश्चात सनम भोलिपल्ट बिराटनगर प्लेनमा गएका थिए, ऊ बिराटनगर गएको भएता पनि सनमसँग मेरो कुराकानी भइरहन थाल्यो ।

यस्तैमा सनम जनवरी २३, २०१८ मा बुद्ध एयरबाट बेलुकी ५ः३५ मा टिकट नं.७०५०३९४ बाट काठमाडौं आएको थियो ।

म उसलाई लिन एयरपोर्ट गएकी थिएँ, त्यसपछि हामी बागबजार आएर होटलमा बस्यौं, त्यो पटक सनम काठमाडौं आएको कुरा कसैलाई थाहा थिएन ।

सोही राति अन्दाजी १०/११ बजेको बीचमा सनमको मोबाइलमा फोन आएको थियो । सामान लुटियो भनी गोरे भन्ने चुडामणि उप्रेतीले भनेका थिए ।

त्यसपछि सनमलाई मोहनले फोन गरेकाले सनमले म काठमाडौंमा छु भनेका थिए । त्यसपछि मोहनलाई मात्र सनम काठमाडौं आएको कुरा त्यस समयमा थाहा भएको थियो । सोको भोलिपल्ट बिहान म कलेज गएँ । सनम मोहनलाई भेट्न गएका थिए ।

बेलुकी मलार्इ लिन भविन गाडी लिएर आएको थियो । त्यस दिन राति सनम र उसका साथीहरु मोहन, भविन, टेकराज मल्ल लगायतका तिलगंगा नजिक सुनौलो इन होटलमा बसेको भएता पनि सनम बाहिरको खाना नखाने भएकोले म उसलाई खाना लिएर गएको थिएँ । त्यसवेला तिनीहरु पनि थिए ।

म पनि सनमसँगै त्यस दिन सो होटलमा पनि बसे । त्यसको २ दिन पछि गोरे भारतबाट नेपाल आएका छन् भनि मलाई सनमले भनेका थिए । गोरे नेपाल आएपछि सोही होटलमा गोरे पनि बसे । होटलमा उस्को अन्डरमा काम गर्ने कामदारहरुलाई गोरेले सुन लुटिएको बिषयमा सोधपुछ गर्दै सुन लुटिने दिन भएका उसका कामदारहरुलाई कुटपिट गरेको कुरा सनमले मलाई भनेका थिए ।

सोधपुछकै क्रममा गोरेको डरले एयरपोर्टमा सानु वन भन्ने ब्यक्तिले सुसाइड समेत गरेका थिए, त्यसपछि सनम समेत फ्रेबुअरी ३ तारिकमा गाडीमा पूर्व गएका थिए । ऊ पूर्व जानुभन्दा अगाडी मैले मेरो नामबाट उसलाई र मलाई सिम निकाली सनमलाई ९८०८०….. को दिइ मैले ८९०८०…… नम्बरको सिम चलाएकी थिएँ ।

म प्रहरीमा गइसकेपछि मलार्इ बालकृष्ण सञ्जेल सरले फोन गरी ‘यो केसको इञ्चार्ज हामी हो, टेन्सन नलिनु’ भन्नु भएको थियो

पूर्व गएपछि सनम र मेरो फोन पातलो हुन थाल्यो । उसँग सम्पर्क हुँदा म गोरे दाइसँगै छु भन्यो । फोन अलि पातलो हुन थालेको थियो । यस्तैमा फेबुअरी २८ तारिकमा बिहान ७ बजे मलाई ‘कल नगर है, म अब दाईसँग हुन्छु, १ महिना लागेपनि आफैं कल गर्छु । बोल्दा पनि नर्मल तरिकाले बोल्नु है, ल मैले कल नगरुन्जेल जति लागे पनि कल चाँही नगर है ल बुडी । रिसाइस होला ।’ भनेर म्यासेज आयो ।

तर, अहिले कल चाँही नगर्नु ल भनि उल्लेखित नम्बरमा म्यासेज गरेपछि मैले पनि कल गरिन मार्च १ तारिक होलीको दिन मैले हेप्पी होली भनि म्यासेज पठाउनुको साथै मार्च २ मा फोन गर्दा फोन लागेको थियो ।

तर, कुरा भएन । फोन उठेन । त्यपछि फोन अफ भयो । त्यसको भोलिपल्ट मार्च ३ तारिकमा मिति २०७४।१०।१९ गते बिहान ८ बजे प्रहरी आएर मेरो लाजिम्पाटस्थित कोठामा खानतलासी गर्‍यो । र, साढे ३३ केजी सुन कहाँ छ ? भनि सोधपुछ गर्न थाल्यो ।

त्यसपछि सोधपुछका लागि मलाई अपराध महाशाखा लगी सोधपुछ गर्ने क्रममा सनमको हत्या भइसकेको कुरा मैले थाहा पाएकी हुँ । म प्रहरीमा गइसकेपछि मलाइ बालकृष्ण सञ्जेल सरले फोन गरी यो केसको ईञ्चाज हामी हो, टेन्सन नलिनु भन्नु भएको थियो ।

त्यसको १ हप्ता पछाडि सञ्जेल सर र मेरो दरबारमार्गमा भेट भएको थियो, सनमको मृत्यु भइसकेको कुरा थाहा पाएपछि मैले सनमको श्रीमतीलाई फोन गरी सनमको छोरी दिप्सालाई पढाइ दिन्छु भनेकी थिएँ ।आजको अन्लाईनखबरमा समाचार छ ,,