भारतमा दैनिक १० लाख कोरोना परिक्षण गर्दा नेपालमा ७ हजार ,
भदौ ७ ,काठमान्डौ – भारतले कोरोना भाइरसको परीक्षण दर बढाएर दैनिक १० लाख पुर्याएको छ। संक्रमित पत्ता लगाउने, कन्ट्याक्ट ट्रेसिङको लागि भारतले परिक्षण तिब्र रुपमा गरेको हो।
शुक्रबारमात्र भारतले दैनिक १० लाख २३ हजार आठ सय ३६ को परीक्षण गरेको थियो जसमा ७० हजार मानिसमा संक्रमण भएको पुष्टि भएको थियो।
तेस्तै भारतमा २४ घन्टामा अ९१८ जनाको कोरोनाबाट ज्यान गएको छ भने कुल भारतमा ५६ हजार ८४६ जनाको कोरोनाबाट मृत्यु भैसकेको छ।
भारतमा निजि प्रयोगशालाले पनि कोरोना परिक्षण तिब्र बनाएका छन्। केही सातायता संक्रमितको संख्या लगातार बढीरहेको छ।
जुलाई ८ देखि अगस्ट ११ सम्म परीक्षण गरिएकामध्ये ९ देखि १० दशमलव ९४ प्रतिशतमा पोजेटिभ देखिएको भारतीय कल्याण मन्त्रालयले जनाएको छ । अहिले भने यो प्रतिशत तल झरिरहेको छ।
अगस्ट १२ देखि १८ सम्म दैनिक परीक्षणमा ७ दशमलव ७ प्रतिशत पोजेटिभ केस भेटिएका छन् । भारतमा कुल कोरोना संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको छ।
तेस्तै भारतले दैनिक १० लाख कोरोना परिक्षण गर्दा नेपालमा भने ७ देखि ८ हजार कोरोना परिक्षण हुने गरेको छ। यहि परिक्षणमा अपनी नेपालमा दैनिक ७ देखि १ हजारको हाराहारीमा संक्रमित फेला पर्ने गरेका छन्।
नेपालले हाल जम्मा ६ लाख हाराहारी परिक्षण गरेको जसमा ३१ हजार ११७ जना संक्रमित फेला परेका छन् ,भने १४६ को मृत्यु भएक छ।