बागलुङको ढोरपाटनमा बाढीले बस्तिनै सखाप पार्यो १३ वेपत्ता ४ जनाको शव फेला ,

भदौ १८ ,बाग्लुङ्ग – अविरल वर्षाबाट आएको बाढीले बाग्लुङ्गको ढोरपाटन नगरपालिका ८ र ९ मा बाढीले बस्ति बगाउँदा १३ जना वेपत्ता भएका छन्।गए राति भुजीखोलामा आएको बाढीले बस्ति बगाएको स्थानीयले बताएका हुन्।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङका घर बगाएको छ तेस्तै बाढीले कुरदुङको विद्यालयपनि बगेको बताईएको छ भने बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगाए को हो ।

गएराति करिब १२ बजे तिर आएको बाढीले गरेको क्षति भने एकिन विवरण अझै आउन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंहले बताए।

सिंहका अनुसार अहिले सम्म ४ जनाको शव फेला परेको छ भने १३ जना अझै वेपत्ता भएको भन्ने खुलेको छ ,हामि उद्दारमा खटिएका छौ।

फेला परेका शवको सनाखत भईसकेको छ तेस्तै भने ढोरपाटन नगरपालिका,९ का ३५ वर्षीया कौशिला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, वेपत्ता छन्।

तेसैगरी ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया करमती घर्तीमगर, ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर र उनका ६ वर्षीय छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी वेपत्ता रहेको खुलेको उनले बताए ।

पहिरो खसेको क्षेत्र लगायत वारिपारिमा पनि बाढीले घर बगाएको भन्ने आएको छ ,विधुत ,टेलिफोन सेवा अवरुद्द छ एकिन गर्न कठिनाइ छ ,घटनास्थल सदरमुकामबाट १ सय ३० किलोमिटर पश्चिममा पर्छ।

जिल्ला प्रहरीका नायब उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार टोली उद्धारमा खटिएको छ ,नेपाली सेनाको टोलीपनि अहिले घतान्स्थलमा अपुगेरा उद्दार कार्य जारि राखेको छ।

बाग्लुङ्गको लाकुरिबोट,दुनेपधेँरी,घट्टबोटबाट पनि वेपत्ता भएको खुल्ला आएको छ उक्त क्षेत्रम सशस्त्र प्रहरीले स्थानीयको रोबहरमा खोजि कार्यलाई तिब्र बनाएको छ।

बाढी गएको क्षेत्र सानो भएको हुनाले वेपत्ता भएका सबैलाईखोलाले बगाएको हुन सक्ने अनुमान प्रहरीले लगाएको छ।