आज कर्णाली प्रदेश सुर्खेत लगायतको कोरोना विवरण यस्तो छ ,

भदौ २२ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेत कोरोना संक्रमणको हाईपोसेन्टर बन्दै गएको छ। आज पनि सुर्खेतमा आज थप ८ जना कोरोना भाईरसका बिरामी थपिएका छन्।
तेसैगरि दैलेखमा ५, मुगुमा २, जाजरकाेट ,कालीकाेट , हुम्ला, रूकुम पश्चिम, जुम्लामा १ – १ र अन्य प्रदेशका गरिएको परिक्षणमा कर्णालीका ५ जना अग्रि कुल २५ जना कोरोना संक्रमित थपिएका हुन्।
तेस्तै गत २४ घन्टामा कर्णालीका विभिन्न जिल्लाबाट १० जना डिस्चार्ज भएपछि हाल सम्म २ हजार ३४९ जना निको भएर घर फर्किसकेका छन्।


तेस्तै कर्णाली प्रदेशको संस्थागत आईसोलेसनमा ३३६ र होम आईसोलेसनमा ४० जनाको उपचार भैरहेको भने ४४४ जना क्वारिनटिनमा बस्दै आईरहेको स्वास्थ्य मन्त्रलयले जनाएको हो।
