हिजो रुदै सडकमा हिडेका यी व्याक्तिको अनुहारमा आयो खुसि आजै लागे आफ्नो घरतिर ,

भदौ २३ ,काठमान्डौ – हिजो दिनभरि जताततै एक व्याक्ति कम्मरमा नाम्लो भिरेका रुदै सडकमा ३ महिना अगाडीबाट अलपत्र परेका गणेश बहादुर नेपालि आज मुस्कान सहित घर फर्कीएका छन्।
धादिङ्ग घर बताउने कालिमाटीमा बस्दै आईरहेका र घर भाडा तिर्न नसक्दा घरबेटीले निकालेपछि उनि सडक पेटीमा रुदै बाटोमा खाना बाँडेको ठाँउमा गएर खाने गरेको भिडियो न्युज २४ टेलिभिजनले सार्वजानिक गरेको थियो।
सामाजिक सञ्जालमा भाईरल बनेको भिडियो हेर्दा जो कोहिको पनि आँखाबाट आँसु आउथ्यो । गणेशले टाउकोमा बोक्ने नाम्लोले पेट कसेर रुदै गरेको देखिन्छ।


आज उनलाई लन्डनमा बसेर दिन दुखि बाढी पिडितकि सहारा बन्दै आईरहेकी ईशा गुरुङले रु १५ हजार सहयोग गरेपछि ति व्याक्ति मनमा खुसि लिएर आफ्नो परिवारलाई भेट्न घर हिडेका छन्।ईशा गुरुङले गरेको यो सहयोगलाई कालिमाटीमा पुगेर सचिन पाण्डेले हस्तान्तरण गरेका थिए।
पछिल्लो समयमा गरिब ,बेसहारा ,दिन दुखि पिडित बाढीपिडित जनतालाई ईशा गुरुङले शक्दो आर्थिक सहयोग खाद्यान्न लत्ता कपडा उपलब्ध गराउदै आईरहेकी छिन। नेपालमा विभिन्न जिल्लामा जाने गरेको बाढी पिडितलाई ईशाले आफ्नो पहल सहयोगमा तुरुन्तै महलमा लगाउने कार्य गर्दै आईरहेकी छिन।
नीति निर्माताहरु महल एसी र चिल्ला गाडीमा बस्छन ,मजदुर गरिब विपन्न वर्गको व्यथा उनीहरुलाई पक्कै पनि थाहा हुदैन । गणेश जस्ता यस्ता थुप्रै पात्र छन् ,६ महिनाको कोरोना लकडाउनले करोड नेपालीको जना जीवन तहस नहस भएको छ। जसको भावी नीति नियम उदार सरकारको कुनै पहल छैन।
