डाक्टर बनेका विप्लवका छोरा प्रकाशको सरकारी अस्पतालमा काम गर्ने चाहना ,

भदौ २५ ,काठमान्डौ – नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द डाक्टर बनेका छन्।नेपाल मेडिकल काउन्सिलले भदौ २३ गते लिएको परिक्षामा पास भएर उनले एमबिबिएसको प्रमाण-पत्र प्राप्त गरेका हुन्। प्रकाशले चितवन मेडिकल कलेजमा पढेका हुन्।

उनका साथीहरुले गत मङ्सिरमा जाँच दिएका थिए ,तर चितवन मेडिकल कलेजको छात्रावास छेउमा पेस्तोल भेटिएको प्रकरणमा प्रहरीले प्रकाशलाई ‘झमेला’ दिएपछि उनले परीक्षा दिन पाएका थिएनन्।

अब भने सर्टिफिकेटका लागि फारम भर्न लागेको ‘उनले बताए। एमबिबिएस उत्तीर्ण भएपछि काम खोज्न थालेका प्रकाशले भने निजिमा नभई सरकारी अस्पतालमा काम गर्ने इच्छा देखाएका छन्। तेस्तै सरकारी अस्पतालमा अकं गर्दै पढ्ने र एमडी गर्ने योजना बनाएको प्रकाशले बताए ।

उनी चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक हुन्। विद्यार्थीहरूबाट मेडिकल कलेजले चर्को शुल्क उठाउन थालेपछि गठन भएको समितिको नेतृत्व गर्दै चन्दले देशव्यापी आन्दोलन चर्काएका थिए।

सोही आन्दोलनका कारण बढी शुल्क उठाउने मेडिकल कलेजहरू शुल्क फिर्ता लिन बाध्य भएका थिए। उनका बुवा नेत्रविक्रम चन्द विप्लव सरकारविरूद्ध आन्दोलनरत् छन्। जसलाई सरकारले प्रतिबन्ध लगाएको छ ,विप्लव भूमिगत रहेका छन्।