कर्णाली प्रदेश मुख्यमन्त्रि कार्यालयका एक कर्मचारी सहित ३ पत्रकारलाई कोरोना पुस्टि ,

भदौ २५ ,सुर्खेत – कर्णाली प्रदेश सरकार मुख्यमन्त्री कार्यालयका एक कर्मचारी सहित ३ पत्रकारलाई कोरोना पुस्टि भएको छ ।

प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बिहिबार गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई सङ्क्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री कार्यालयको करारमा कार्यरत शाही थरका कर्मचारीमा कोरोना भाईरस संक्रमणको पुस्टि भएको छ।

तेस्तै पछिल्लो समय कर्णाली प्रदेश सुर्खेतमा समुदायस्तरमा कोरोना फैलीएको छ। स्थानीय नागरिक हुँदै कार्यालयका ,कर्मचारी ,गाँउपालिका अध्यक्ष ,चालकमा कोरोना पुस्टि भएपछि समुदायस्तरमा कोरोना फैलीएको हो।

तेस्तै कर्णाली प्रदेश नेकपा सदस्य तथा सुर्खेत जिल्लाका सचिव कृण्ण जि सी र जिल्ला सदस्य रत्न गाहालाई पनि कोरोना भाईरस फेला परेको छ।

यो पनि पढ्नुहोस ,

सिम्ता गाँउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना पुष्टि ,

 

कर्णाली प्रदेशका सांसद श्रेष्ठलाई कोरोना पुष्टि,

 

कर्णाली प्रदेशमा थपिए आज १२ जना कोरोना संक्रमित ,