नक्कली प्रेस कार्ड’ छाप्ने युवकलाई पक्राउ गर्ने प्रहरीमा पनि देखियो कोरोना ,
भदौ २६ ,काठमान्डौ – नक्कली प्रेस कार्ड’ छाप्ने युवकहरुलाई प्रहरीले बागबजारबाट पक्राउ गरेको थियो। पक्राउपरेका कालिका प्रिन्टिङ प्रेसका संचालकलाई कोरोना पुस्टि भएको थियो।
अहिले भने उनीहरुलाई पक्राउ गर्ने महाशाखाका प्रहरीलाई पनि कोरोना संक्रमण फेला परेको छ। कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा महाशाखामा कार्यरत एक प्रहरी सहायक निरिक्षक ९ असई० र एकजना हवल्दारलाई कोरोना देखिएको हो ।
कन्ट्याक्ट ट्रेसिङकै क्रममा लैनचौर, बौद्ध र गौशाला वृत्तमा रहेको अपराध महाशाखा युनिटका थप पाँच जना प्रहरीलाई पनि कोरोना संक्रमण भएको पाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
उनीहरुलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा पठाईएको छ भने अन्य होम आईसोलेसनमा बसेका छन्। तेस्तै नक्कली प्रेस कार्ड छाप्नेलाई पक्राउ गर्न गएका डिएसपीसहित १६ जना प्रहरी क्वारेन्टाइनमा बसेका छन् ।