एकैदिन चितवनमा ८७ जना देखियो कोरोना ,

भदौ २७ ,काठमान्डौ – चितवनमा एकैदिन ८७ जना देखियो कोरोना भईरस संक्रमणको पुष्टि भएको छ।
भरतपुर अस्पतालको कोभिड,१९ परीक्षण प्रयोगशालाले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् ।

तेस्तै कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरी ८ जनामा पनि कोरोना पुष्टि भएको हो।
यस्तै खैरहनीका २ महिला र २ पुरुष गरी ४ जना तथा रत्ननगरका २ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै चितवनमा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ ।
