६ महिनापछि नेपालगंजमा विमान उड्दै ,

असोज ५ ,काठमान्डौ – करिब ६ महिनापछि नेपालमा आन्तरिक उडान सुरु भएका छन्। गत वर्षको चैत ११ गतेबाट कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेको थियो।

लामो समयको बन्दबन्दिले गर्दा नागरिक व्यवसायी यातायात ,हवाई उडान ठप्प भएपछि सरकारले ५० प्रतिशत यात्रु राखेर यातायात हवाई उडान संचालन ल्यान जानकारी गरेको थियो।

वायुसेवा सञ्चालकले भने सरकारले भनेजस्तो गरि ५० प्रतिशतमा उडान भर्ना नसक्ने भन्दै विरोध गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ग्रिन सिग्नलले शतप्रतिशत नै यात्रु राखेर उडाउन सहमत भएका हुन्।

अबको उडान यात्रामा भने यात्रुमा केहि नियम लागु गरिएका छन्। विमानस्थलको बाहिरी गेटमा नागरिक उड्डयन प्राधिकरणले भौतिकदुरी कायम राख्दै यात्रुको ताफक्रम चेक गर्नेछन ।

भित्र प्रवेश गर्दा कसैलाई नछोई भौतिकदुरी कायम राख्नुपर्ने छ ,माक्स अनिवार्य गरिअएको छ ,विमानमा गुणस्तरखाले सेनिटाईजर यात्रुलाई प्रयोग गर्न लगाईने छ भने दिर्घ रोगि र ७० वर्ष पार गरेका ब्याक्तिलाई यात्रु गर्न दिईने छैन।

तेस्तै विमानमा यात्रा गर्नुभन्दा पहिले सम्बन्धित वायु सेवा संस्थालाई बुझाउने गरी हेल्थ डिक्लेरेसन फारम भर्नुपर्नेछ । जसमा तपाइलाई कोभिडको कुनै लक्ष्न नभएको उल्लेख गर्नुपर्ने हुन्छ ।

अन्यथा तपाईले यात्रा गर्न पाउनु हुने छैन। यति क्रियाकलाप गरिसकेपछि पालैपालो सबै जहाजमा प्रवेसः हुने छन् ,जहाजभित्र सिटमा बस्दा तपाईंको दुरी भने कायम हुनेछैन ।

तत्कालकालागि भने सुर्खेतमा विमान उडान हुने छैन , यो भन्दा अगाडी बुद्द एयरले काठमान्डौ सुर्खेत उडान भर्ने गरेको थियो।