Gold

आमा बा खोई ,

Naumule Migrate

असोज ६ ,काठमान्डौ – आमा।बा खोई.
आमा..?
आमा.?
म कोहु,
पक्कै पनि
हाम्रो बा त,
छन् होला नि हगि,
पल्लोघरको,
श्यामेले ,
स्कुल जादा मलाई
पटकपटक टुहुरो भनिसक्यो,
के म साँच्चिकै,
टुहुरो त हैना नि है?
मलाई,
मामाघर जादा,
तिम्ले भनेकी थियौ नि,
अब्श्य फर्केर आउनु हुनेछ,
तेरो बा भने।
अनि कहिले आउनु हुन्छ,
भन्नू न..?
म आतुर छु,
अत्यानुस मा छु,
अनविज्ञ छु,
मेरा बाको बारेमा..?
मेरो छैठी गर्दा,
बाको आवस्यक,
भो होलानि,
पण्डितले बा खोइ भन्दा,
तपांले के जवाफ दिनु भयो?
मलाई,
मेरो बाको बारेमा,
थुप्रै जान्न मन छ,
प्रत्येक,
खोल्टाहरु खोतलदै,
कुना कान्धरामा,
डुबुल्की मार्दै,
रुख रुखका प्रत्येक,
पातहरु झै,
गन्दै,
महासागरको गहिराई,
पर्दा पारिको लामो पर्खाल,
घना जंगलमा,
मेरो बालाई खोज्न चाहान्छु,
मेरा ती,
अतितहरु,
ती अदृश्य हरु,
ती अबोधहरुले,
ती आकृष्टहरु,
शब्दहरुबाट,
बहुलठ्ठिपनको,
कलमले,
पहिलो अक्षर,
बाबा लेख्ने सपना,
कहिल्लै पूरा भएना,
आमा हाम्रो खोई?
म,
मेरा बाको स्पर्श,
स्नेह,प्रेमानुभाव,
अत्यानुसभास,
यी सबै सबै कुरा,
मेरो आमा म देख्दछु,
थाहा छैन,
बा कस्तो हुनुहुन्थ्यो,
अग्लो,होचो,गोरो,कालो,
यी सबै गुण,
तिमिमा देख्दछु,
आमा,
साच्चै हाम्रो बा खै,
मलाई छिट्टै,
भेट गराईदेउ,
डाको छोरेर रुनुछ,
सुनाउनुछ ,
तिमिले र मैले पाएका,
अनगिन्ती दुखका लहरहरु,
हामी कयौ दिन भोकै बसेको,
तिम्लाई ज्वरो आउदा,
सिटामोल समेत किन्ने पैसा नभको,
मुखिया बाको ऋण,
तिर्ने पैसा नहुदा,
हामिलाई गाउँ निकाला गरेको,
यी,
सबै सबै कुरा बालाई भनेर,
बदला लिन लगाउनु छ,
भन्देउ आमा,
मेरो बा खोइ.?
म देख्न आतुर छु
भेट्न आतुर छु,
आमा। बा खोई,,?
आमा । बा खोई,,?
(सम्पुर्ण वुवाहरु मा समर्पित)

-डम्बर विस्वकर्मा(दृढ)
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज,
बाँके

Naumule Badhipahiro