ललितपुर महानगरका मेयरलाई कोरोना संक्रमण,

असोज ९ , ललितपुर – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनि बखुन्डोलस्थित घरमै आइसोलेसनमा रहेको बताएका छन्।
तेस्तै आफ्नो सम्पर्कमा रहेका सबैलाई सचेत रहन र कोरोना परिक्षण गर्न पनि उनले आग्रह गरेका छन्।
