surkhet

थप ९ कम्पनीका स्यानिटाइजरको बिक्रीवितरणमा रोक लगाईयो ,

surkhet

असोज १२ ,काठमान्डौ – विषाक्त रसायन मेथानोल समावेश भएको पाईएपछि थप ९ ह्यान्ड स्यानिटाइजरको विक्री वितरणमा औषधि व्यवस्था विभागले रोक लगाएको छ।

स्वास्थ्य मापदण्डविपरित मिसाईएको रसायनले मानव स्वस्थ्यमामा गम्भीर असरपार्ने भन्दै विभागले रोक लगाएको छ बने सर्वसाधारणलाइ समेत सावधानी हुन र प्रयोग नगर्न आग्रह गरेको हो।

हाल बजारमा विक्रिवितरण भईरहेका ४५ प्रतिशत ह्यान्ड स्यानिटाइजरमा विशाक्त रसायन प्रयोग भएको भन्दै उत्पादन तथा बिक्रीवितरण रोक्न गर्न विभागले सूचना जारी गरेको छ ।

Dailekh
Gorkha

प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा भारत उत्तराखण्डको सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर, पर्साको आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर र बनेपाको कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजरका दुई वटा(५०० मिली र ५ लिटर)का रहेका छन् ।

त्यसै ओम आरोग्य हेल्थकेयर प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको साधना सप्लायर्सको साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर र काठमाडौंको कालिका सोप एन्ड केमिकल्स प्रालिको ड्रोन ह्यान्ड स्यानिटाइजरको ( पहेँलो रंग) र रंग नमिसाइएको रहेका छन् ।

यसैगरी यो भन्दा अगाडीपनि विभागले ४ कम्पनीका सेनिटाईजरमा अरोक लगाएको छ भने विषाक्त रसायन प्रयोग गरि ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने ५ उधोग बन्द गरेर कारबाही अगाडी बढाएको थियो।

salyan