surkhet

चलचित्र छक्का पन्जा ३ को छायांकन कार्य सुरु ,,

surkhet

वैशाख २९ , चलचित्र छक्का पन्जा एक, दुई हुँदै तिन पनि बन्ने भयको छ ।, चलचित्र छक्का पन्जाले दर्शकको धेरै माया पायसंगै छक्का पन्जा २ पनि दर्शक सामु ल्याईयो ।, अब भने चलचित्र छक्का पन्जा ३ पनि बन्ने भयको छ । ,


भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजा गर्दै चलचित्रको छायांकन आजबाट सुरु गरिएको हो ।

निर्देशन दिपा श्री निरौलाका अनुसार यो चलचित्र लाई अलि फरक कथा र लोकेसनमा निर्माण गरिदैछ । , पोखरा , दमौली , काभ्रे लगायत विभिन्न स्थानमा यसको छायांकन कार्य हुने छ ।

Dailekh

आमा सरस्वती मुभिजको प्रालिको ब्यानरमा आई एम इको प्रस्तुतीमा यो चलचित्र निर्माण हुँदैछ ।

चलचित्र असोज ३० गतेबाट रिलिज हुनेगरि निर्माण कार्य अगाडी बढेको छ ।

चलचित्रमा जीतु नेपाल र केदार प्रसाद घिमिरे कार्यकारी निर्माताको रुपमा छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाँइ, दीपेन्द्र खनियाँ, केशव न्यौपाने निर्माताको रुपमा छन् ।

Gorkha

चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे, वुद्दि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग कुँवर, शिशिर राणा, शिशिर वाग्देल, शारदा गिरी, बसन्त भट्ट, पुष्पल खडठ्का र प्रियंका कार्कीको मुख्य भूमिका छ ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको चलचित्रलाई कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहनेछ ।

, रोशन श्रेष्ठको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको संवाद, दीपकराज गिरीको कथा छ ।

निर्देशक दीपाश्री निरौलाले यसपटक पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा हाँस्यकलाकार हरिवंश आचार्यले चलचित्रलाई सफलताको शुभकामना दिएका छन् ।

यो पटक नायिका वर्षा रावत छुटेकी छिन ।,

salyan