प्रधानमन्त्री ओलीले गरे भेटघाट बन्द ,

असोज १७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा भेटघाट बन्द गरेको वालुवाटार श्रोतले जानकारी गरेको छ।
ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सबै भेटघाट बन्द गरिएको हो ।

शुक्रबार गरिएको स्वाब संकलनमा उनीहरुमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेका हुन् ।बालुवाटारमा कार्यरत अझै ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ।

त्यस्तै बालुवाटारमा कार्यरत नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका तीन गरि कुल ७४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो।
सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि बालुवाटारमा नयाँ टीम खटाउन लागेको सुरक्षा निकायहरु जानकारी दिएका छन्।
