आफ्नै मन्त्रालयको स्वकीयका कारण असफल बन्दै गृहमन्त्री थापा बादल ,
असोज १९ ,काठमान्डौ – गृहमन्त्री राम बहादुर थापा बादललाई सफल बनाउने वा असफल बनाउने भन्ने आफ्नो सचिवालयमा पक्कै भर पर्छ होला।
सबै काम मन्त्रीले गर्न सक्दैनन तर सानो तिनो काम र खबर सूचना पुर्याउने काम नेता जन्तालाई भेटघाट गराउने कुरा सुन्ने भनेको सचिवालयको काम भएपनि गृह मन्त्रालयमा कहिले तेसो हुँदैन ।
गृहमन्त्रीका राजनीतिक सल्हाकार सुर्य सुवेदी (पथिक ) सँधै मन्त्रीको पीए बनेर हिड्ने गर्दछन ,जनयुद्ध लडेका पुर्वमाओबादीका कार्यक्रता र जनयुद्धका घाईतेले गृहमन्त्रीलाई त के कहिले स्वकीय समेतलाई भेट्न पाउदैनन्।
कहिले काहिँ भेट भएपनि तेती राम्रो रेस्पोन्स नदिने र आफुलाई राज्य मन्त्री सरह ठान्छन ,उनि पार्य कर्मचारी,ब्यापारी हरूलाई भेटघाटमा ब्यस्त हुन्छन। सुवेदीलाई भेट्न आएका जो कोहि जनयुद्द लडेका लडाकुहरु निरास र रुँदै फर्केर जाने गरेका छन्।
एक दिन एक कार्यकर्ताले आफु अन्यामा परेको र जग्गा हडपेको कुरा प्रहरीलाई जानकारी गरे ,प्रहरीले ति कार्यकर्तालाई थर्काउने र उल्टै थुन्छु भनेर थर्काएको कुरा सुर्य सुबेदीलाई सुनाए।
तर जवाफमा सुबेदीले आफ्नो जिल्लामा पार्टीलाई भन्नुहोस म यस्तो काम गर्दिन भनेर हप्काएर पठाएको बताए। जनयुद संगै लडेका ति कार्यकर्ता रुदै बाहिर निस्कीए तर सुवेदी गृहमन्त्रालयमा बसेर सबै हिजोको मुद्दा बिर्सीए।
तेस्तै अर्को गृहमन्त्री राम बहादुर थापा बादलका छोरा प्रतिक थापा स्वकीय सचिव भनेर मन्त्रालयमा बाहिर नम्बर प्लेट झुन्डिरहेको हुन्छ।
उनलाई पनि कहिले मन्त्रालयमा भेट्न सकिदैंन, उनको जक्सन भनेको बालुवाटार एउटा होटलमा हुन्छ। उनी सगं कहिले काही उपप्रधानमन्त्री ईश्वर पोखरेलको छोरा सगै जाँड खाँदै होटलमा तरूनी लियर बस्ने गर्दछन।
उनलाई ब्यापारी ठेकदार गुन्डा र केटीहरू बाहेक एकजना पनि पार्टीका मान्छेले चिन्दैनन् र उनलेपनी चिन्दैनन्। सरूवा बडुवा, र केस मिलापत्र गराउने काम होटलमा बसेर हुन्छ।
त्यहाँ प्रहरीका हाक्किम देखि गुन्डागर्दी गर्ने हरू डन संगै दारुपानी हुन्। गृहमन्त्रीका छोरा कुनै दिन मन्त्रालय बाहिर बसेरनै स्वकीय सचिवको तलब बुझ्ने गर्दछन।
तेस्तै वाइसिएल नेपालका पुर्व उपाध्यक्ष सुदीप तामाङ (बिरू) पनि स्वकीय सचिवनै हुन उनी पनी प्रतिक थापा लेखिएको रुममा बस्छन।
उनले गृहमन्त्रीका छोरा प्रतिक थापा संग पाँच देखि सात करोड लगानी गरेर चाँगुनारायण भक्तपुरमा रिसोर्ट खोलेको छन।
बिरू तामाङ पनी सधै भेट्न आउने कार्यकर्तासंग रिसाउने र कसैको फोन समेत उठाउँदैनन्। उठाएपनी केस सेटिङ्गमा ल्याउने मान्छेहरू ठेकदार प्रहरी हाक्किम गुन्डा हरू संग मात्र उठबस गर्ने गर्दछन।
उनीसंग पनि कुनै पार्टीको नेता पुर्व मन्त्रिहरू जन्ताको गुनासो कुरा सुन्न मान्दैनन् भेटघाट गर्न पनी गारो मान्छन। उनीहरुसबै संग पुर्व वाईसीएल नेपालका अध्यक्ष हाल युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिप शिखा) लगायत सगै वाईसीएल नेपाल काम गरेका नेता हरू कोही पनी सन्तुष्टि छैनन्।
बिरू तामाङ पनी मन्त्रीलाई सफल भन्दा असफल बनाउने र आफै कमाउ धन्दामा लागेका छन। गृहमन्त्री राम बहादुर थापा बादलका पहिलेदेखि संगै रहेका ड्राईभर उनीपनि मन्त्रीको सचिवालयमा छन्।
गृहमन्त्रि राम बहादुर थापा बादल ,
मन्त्रालयमा मन्त्रीलाई कोहि भेट्न आयो भने उनलेपनि थर्काउने र पठाउने मन्त्रिलाई कसैलाई नभेटाउने गर्दछन। उनी सामान्य परिवारका मान्छे हुन् अहिले गृहमन्त्रालयमा आएर उनले धेरै ठाउँमा जग्गा खरिद गरेका छन्दे भने बिजनेसमा हात हालेका छन्।
केही दिन अगाडि एउटा बाहालवाल मन्त्रीले मन्त्रिसंग केही भन्नु पर्यो भन्दै सचिवालयका स्वकीय सचिव हरूलाई फोन लगाए तर कसैले नउठाएको दुखेसो पोखे।
केहिदिन अगाडिको बाढी पहिरोले गरेको क्षतिको विषयमा कुरा र भेट गर्न पुर्व उपप्रधानमन्त्रीले भेटघाटको लागि स्वकीय सचिवालयमा पालै -पालो फोन सबैलाई फोन हाने तर कसैले नउठाएको उनले बताए।
गृहमन्त्रालयले झनै जनयुद्धका घाईते योद्धा हरूलाईत प्रवेस निषेधाज्ञा जारी गरेको छ ,यस्तै सल्हाकार र स्वकीयकै कारण गृहमन्त्रि थापा असल बन्ने देखिन्छ।
अहिले गृहमन्त्रालयमा सचिवालयको ठुलो हालीमुहाली छ ठेकदार ब्यापारी गुन्डाहरू संग मात्र भेटघाटमा व्यस्त हुन्छ। गृहमन्त्रालय सचिवालय सदस्यहरू कोही पनी कार्यक्रता नेताहरू गृहमन्त्रीको स्वकीय सचिव सल्लाहकारहरूसंग सन्तुस्ट नरहेको बताउछन। कतिपयले भने गृहमन्त्रिलाई आफ्ना स्वकीय सल्हाकार फेर्न सुझाव दिएका छन्।