हाँगामाको बीचमा मन्त्रीको आवाज आयो घिसारेरै निकाल ,

असोज १९ ,बुटवल – प्रदेश ५ को प्रदेशसभामा विपक्षिदल नेपाली कांग्रेसका सांसदले तोडफोड गरेका थिए ,तेही बेला रोस्टमबाटै मन्त्रीले सांसदलाई घिसारेर निकाल्न निर्देशन दिएक दिए।
प्रदेश ५ का आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले सांसदहरुलाई घिसारेर निकाल्न आदेश दिएका हुन् । प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावको छलफल भईरहेकोबेला मन्त्री केसीले सांसदहरुलाई ‘समातेर हाल, घिसारेर निकाली हाल’ भन्ने शब्दको प्रयोग गरी बाहिर निकाल्न निर्देशन दिएका छन्।
कांग्रेस सांसदहरुले हाँगामा गरिरहेका थिए ,सत्तापक्षकका कति सांसदले समेत विवादका बिचमा प्रस्ताव अगाडी बढाएको भन्दै आक्रोस पोखेका थिए। त्यहिबेला केही सांसद् बोलेपछि सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको घोषणा गरे ।
सभामुखले छलफल सकिएको घोषणा गर्दा पनि सांसदहरूले हात उठाएर समय माग गरिरहेका थिए । त्यसपछि सभामुख घर्तीले प्रस्तावमाथि संशोधन राख्नका लागि १८ घण्टाको समय तोक्दै छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई समय दिए ।
मन्त्री रोस्टममा गएर निकै आक्रोशित ढंगले बोल्न थालेपछि मर्यादापालकले रोस्टममै पुगेर सुरक्षा दिएका थिए । सभामुखले भोलि दिउँसो १२ बजे सम्मका लागि बैठक सकिएको जानकारी दिएका हुन् ।
