वालुवाटार कोचको निर्देशनमा यमलाल कँडेल मुख्यमन्त्री बन्ने दाउमा ,

असोज २५ ,सुर्खेत – कर्णाली प्रदेश सरकार कम्युनिष्ट पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दलका बहुमत सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सांसद यमलाल कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुल्ले छ।

तर तेस्को लागि कर्णाली प्रदेशको नेकपा संसदीय दलका सचेतक गुलावजंग शाहले संसदीय दलको बैठक बोलाउनुपर्ने छ । पहिले उपाध्यक्ष वामदेव गौतमनिकट कँडेल अहिले प्रधानमन्त्री ओलीको निकट छन् ।

कँडेल लामो समयदेखि एमालेको केन्द्रीय राजनीति गरेका र मन्त्री पनि भइसकेका हुन्। कँडेल मुख्यमन्त्री हुने योजना बनाएर समेत गत निर्वाचनमा प्रदेश सभामा चुनाव लडेका थिए।

कर्णाली प्रदेशमा अहिले पनि पुर्वएमालेको झन्डै बहुमत पुगेपछि कँडेललाई मुख्यमन्त्री बन्ने बाटो झनै खुलेको थियो। तत्कालीन एमाले र माओवादीको गठबन्धनले देशभरका ६ वटा प्रदेशमा बहुमत ल्यायो।

गठबन्धन गरेर चुनाव लडेपछि पार्टी एकता गरेर नेकपा घोषणा गर्ने गरेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मुख्यमन्त्रीमा भागबन्डा गरेका थिए।

प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनीमा पूर्वएमालेले मुख्यमन्त्री पायो भने कर्णाली र सुदूर पश्चिम पूर्वमाओवादीको भागमा पर्यो ।

कर्णाली प्रदेश पूर्वमाओवादीको भागमा परेकाले मुख्यमन्त्री महेन्द्र बाहादुरशाही १३ जना सांसदमात्र हुँदा पनि मुख्यमन्त्री बने उनि कालिकोटबाट निर्वाचित हुन्।

त्यो बेलानै यमलाल कँडेललगायत सांसदहरूले असन्तुस्ट जनाएका थिए। त्यो बेला केन्द्रबाटनै निर्णय भएपछि चर्को विरोध हुनसकेन।

,तर अहिले केन्द्रमानै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमलदाहाल प्रचण्डबीच खटपट भईरहेको छ यहि मौकापारि कर्णालीका शाहीलाई हटाउने दाउमा पुर्वएमालेहरु लागेको प्रस्ट देखिन्छ।

संसदीय दलमा रहेका कँडेललाई सचेतक गुलाव जंग शाह मन्त्री रहेका दल रावल र नन्दसिंह बुढा पनि उनकै पक्षमा रहेको हुनाले मुख्यमन्त्री बन्न कसैले रोक्न सक्दैन किन कि मुख्यमन्त्री बन्न प्रदेशसभामा बहुमत पुग्ने छ ।

पुर्वएमाओवादीका तिन जना सांसदले पनि शाहीविरुद्द अविश्वास पत्रमा हस्तक्षर गरेकाले अब मुख्यमन्त्री शाहीको कुनै उपाए लाग्ने देखिदैन।