कर्णालीमा मन्त्रि नपाउँदा पुर्वमाओवादीका सांसदनै पुर्वएमाले तिर ,
असोज २५ ,सुर्खेत – कर्णाली प्रदेस प्रदेशसभाका सांसदहरु आफुले मन्त्रि नपाएपछि पुर्वएमालेको ईशारामा आफ्नै पार्टीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकोविरुद्द लागेका एक नेताले बताए।
मुख्यमन्त्री शाहीलाई हटाउँदा केन्द्रमा नेकपाका अध्यक्ष प्रचण्डलाई अफटेरो पक्कै पर्नेछ यसको कुनै सोच विचार नगरी पुर्वएमाओवादीका सांसदहरु पुर्वएमालेको पछि लागेको प्रस्ट देखिन्छ।
संसदीय दलका नेता यमलाल कँडेललाई केन्द्र बाट प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीविरुद्द अविश्वास चाल्न निर्देशन दिएपछि पुर्वएमालेका १५ जना सांसद छन् ति मध्ये ओली पक्षका ७ जना यामलाल कँडेल, मिना सिंह रखाल, राजु नेपाली, बद्मीक्वारी बोहोरा, कौशिलावति खत्री, दानसिंह परियार, खड्क बहादुर खत्रीले हस्ताक्षर गरेका छन्।
तेस्तै माधव नेपाल पक्षका ८ जना जसमा चन्द्रबहादुर शाही, सुशीलकुमार थापा, करविर शाही, कुर्मराज शाही, अम्मर बहादुर थापा, पदम बहादुर रोकाया, पद्मा खड्का र देवी वलीले हस्ताक्षर गरेका हुन् ।
यस्तै पूर्वमाओवादीका ठम्मरबहादुर बिष्ट, धर्मराज रेग्मी, पुष्पा घर्ती बिष्टले हस्ताक्षर गरेका छन्। पुष्पा घर्ती प्रदेश सभाकी उपसभामुख हुन् ।
प्रदेशको लडाई भौतिक योजना तथा पूर्वाधार मन्त्रीको लागि केन्द्रको राजनीतिमा समेत खैलाबैला हुनेगरी तहस्नाहस हुने गरेको देखिन्छ।
पूर्वएमालेका सांसद खड्गबहादुर खत्री कर्णाली प्रदेशको भौतिक योजना तथा पूर्वाधार मन्त्री थिए। ठेकेदार रहने र ठेक्का अस्तव्यस्त पार्ने खत्रीमाथि बैंकिङ कसुरको आरोप लाग्यो।
गत वर्ष साउनमा उनलाई मुख्यमन्त्री शाहीले पदमुक्त गरेका थिए। खालि रहेको मन्त्रालयमा मुख्यमन्त्री शाहीले नेपाल पक्षका सांसदलाई मन्त्री बनाउँछन् भन्ने कुरा चलेको थियो ।
त्यसो गर्दा सरकारमा ओली, प्रचण्ड र नेपाल पक्षका २-२ जना मन्त्री हुने थिए। तर शाहीले नेपाल पक्षका सांसदलाई मन्त्री बनाएनन् बरू धेरै बजेट हुने भौतिक मन्त्रालय आफैंसँग राखेपछि नेपाल समूहका सांसदहरूले कँडेलको नेतृत्वमा आज शाहीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरे।
यसो त यमलाल कँडेललाई मुख्यमन्त्री बनाउन सहयोग गरेमा पुर्वएमाओवादीका सांसदलाई मन्त्रि बनाउने समेत प्रदेशमा हल्ला चलेको छ।
केन्द्रलेनै प्रदेशका मुख्यमन्त्री बाँड फाँड गरेकोले यो अविश्वको हस्ताक्षरलाईपनि केन्द्रलेनि टुंगो लगाउने भन्ने पक्कै देखिन्छ। पछिल्लो समय माधव कुमार नेपाल समुहलाई छोडेर नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसंग मिलेको केन्द्रमा आरोप छ।