उपत्यकामा आज थपिए ८४३ कोरोना संक्रमित,

कार्तिक ,१२ काठमान्डौ – काठमान्डौ लगायत उपत्यकामा गत २४ घन्टामा थप ८४३ जना कोरोना संक्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमान्डौमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

आज देशभरमा १ हजार ९५४ जनामा कोरोना भाईरस पुस्टि भएको छ।