Gold

भोलिदेखि कोभिड १९ प्रेस ब्रिफिङ नहुने,

Naumule Migrate

कार्तिक १२ ,काठमान्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक जस्तो जनतासामु गर्दै आईरहेको कोरोना भाईरस कोभिड १९ दैनिक प्रेस ब्रिफिङ नहुने जानकारी गरेको छ।

नेपालीको महान पर्व बडा दशैँमा केहि दिन रोकीएको ब्रिफिङ बुधबार भएपनि बिहिबारदेखि नहुने मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालबाट जानकारी गराईने गौतमले बताएका हुन् ।

Naumule Badhipahiro