मुख्यमन्त्री डोरमणि पौडेलले जिते कोरोना

१५ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दम्पत्तिलाई कोरोना संक्रमण भएको थियो । मुख्यमन्त्री पौडेल दम्पत्तिसँगै एक जना सुरक्षाकर्मी, दुईजना चालक र एकजना कार्यालय सहयोगीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

बागमती–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ।

कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। मुख्यमन्त्री हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत छन्। मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ।