सरकारविरुद्द कार्यक्रम सार्वजानिक भएसंगै विप्लव समूहका सेक्रेटरी पक्राउ,
कार्तिक १६ ,ललितपुर – महानगरीय प्रहरी परीसर ललितपुरका प्रमुख टेकप्रसाद राईलाई धम्कि दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ललितपुर जिल्ला सेक्रेटरी सबिता अधिकारी रेग्मी ‘विदुषी’ पक्राउ परेकी छन् ।
शनिबार सांझा मङलबजारबाट उनलाई पक्राउ गरिएको राईले बताए। गत जेठ ३१ गते विज्ञप्ति निकालेर विदुषीले एसएसपी राईलाई धरपकड नगर्न भन्दै धम्की दिएकी थिइन्।
अनावस्यक खानतलासी गर्ने धरपक्कड गर्ने शारीरिक तथा मानसिक तनाब दिने गरेको हुँदा यस्ता तत्काल क्रियाकलाप बन्द गर्न विदुषीले जानकारी गरेकी थिइन्। आफ्नो बाँच्ने हक अधिकार समेत हनन गरेको भन्दै उनले विज्ञप्ति निकालेको पाँच महिनापछि प्रहरीले पक्राउ गरेको हो।
ललितपुरका विभिन्न स्थानमा भित्तामा पर्चा टाँस्ने ,लेख्ने गर्ने जस्ता क्रियाकलाप गर्ने विप्लवका कार्यकर्तालाई ललितपुर प्रहरीले विशेष निगारनी गर्ने र पक्राउ गर्ने गरेको एसएसपी राईले जनाए।
गएको जेठमा गाभाहलबाट एक व्यक्ति पक्राउ परेका थिए। उनको साथबाट ठूलो मात्रामा विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको थियो। जुन प्रहरीको लागि ठुलो कार्य रहेको समेत बताईएको छ।
उनको साथबाट प्रहरीले विभिन्न विस्फोटक पदार्थ,ल्यापटप ,मोबाईल सिमकार्डहरु बरामद गरेको छ भने उनीमाथि प्रहरीले विस्फोटक पदार्थ सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको छ। सरकारले कोरोना महामारीमा जनतालाई दुख दिने गरेको र भ्रस्टाचार बन्द गर्न माग गर्दै विप्लवले विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ।