surkhet

२४ घण्टामा उपत्यकामा १८ सय ७८ सहित ३३ सय ९ संक्रमित

surkhet

काठमाडौं १९ कार्तिक – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय ७८ जना कोरोना भाइरस ९कोभिड(१९०का संक्रमित थपिएका छन् । काठमाडौंका १५७०,भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी १८ सय ७८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा उपत्यकाका १८ सय ७८सहित ३३ सय ९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

Gorkha

३६ हजार ९११ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार ७८० र ३० हजार १३१ जना होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा १ हजार ३०५ जना रहेका छन्।

Dailekh

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार १४४ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार ३८ सय ४४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको छ।

आइसीयूमा ३७९ जनाको र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा हालसम्म कोरोनाबाट १ हजार ३४ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ३० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

salyan