झापाको सुर्योदय बोर्डिङ् स्कुलमा भारतको पाठ्यपुस्तक पढाईयको खुलासा, ,

जेठ,२ नेपालको राष्ट्रियता माथि गम्भिर आघात पुर्याउंदै भारतीय राष्ट्रियताको पाठ पढाउने झापाको एक विद्यालयलाई कार्बाहीका लागि दवाव दिन विद्यार्थी संगठनले विद्यालयमा तालाबन्दी गरेका छन् ।

भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने र भारतको झण्डा, राजधानीलाई हाम्रो हो भन्दै राष्ट्रियता माथि धावा बोल्ने झापाको एक विद्यालयमा ताला लागेको छ । झापा दमक नगरपालिका–६ स्थित सूर्योदय बोर्डिङ स्कुलमा युवा संघ नेपालले तालाबन्दी गरेको हो ।

हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदी हुन् , हाम्रो देश भारत हो , हाम्रो राजधानी भारत हो जस्ता पाठ्यपुस्तकमा छापेर पठन पाठन गरेको खबर आय पछि विद्यालयमा तालाबन्दी गरियको छ। र कार्बाही अगाडी बढाईयको छ।

lekbesi

युवा संघका जिल्ला अध्यक्ष शम्भु भण्डारीले विद्यालयको प्रिन्सिपल र प्रशासन कक्षमा ताला लगाएको जनाएका छन् ।

युवा संघले विद्यालयकी प्रिन्सिपल म्याकडिलिङ सिंहलाई नेपालको झण्डा चिनाउँदै उक्त झण्डा हस्तान्तरण गरेको थिय।

प्रिन्सीपल म्याकडिलिङ सिंहले भने नगरपालिका संग मईनेट्मा हस्ताक्षर गरेर अभिभावक संग सहमतिको आधारमा पाठ्यपुस्तक छापियाको तर पढाई भने न भयको जनाईन ।

उता अभिभावक हरुको भनाई भने बालबालिकाले घरमा आयर सिकाउँदा हाम्रो देश भारत हो भन्ने सिकायको सुचना पाय पछि अनुसन्धान गर्दै जाँदा यस्तो फेला परेको जानकारी दियका छन्।

बालबालिकाको स्किल बढाउने भन्दै कक्षा १ बाट यस्तो किताब छापियको प्रिन्सिपल सिंहले बताईन , र अब देखि यस्तो नहुने भन्दै माफी पनि मागेकी छन् ।
स्थानीयका अनुसार यस्तो पहिले बाटै भयको भने पनि यो वर्ष मात्र किताब छापियको प्रिन्सिपलले भनिन।