भाईटिकाकै दिनबाट नेपाल संवत सुरु नेवार समुदायले २ गते टिका लगाउने ,

कार्तिक २७ ,काठमान्डौ – यो वर्ष तिहारको भाइटीकाको मङ्सिर १ गते परेको छ भने आजबाट कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।

आजबाट यमदीपदान सुरु भएपनि काग तिहार भोलि २८ गतेबाट मात्र सुरु हुने छ। तिथिको घटबढका कारण यस्तो भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

तेस्तै क्रमस कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गरिनेछ। गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन रहेको गौतमले बताए ।

तेस्तै यो वर्षको भाईटिकाको सुभसाईत् बिहान ११ः३७ बजे उत्तम रहेको अध्यक्ष गौतमले जानकारी दिए । मंसिर १ गते सोमबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ ।

मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको हो ।

यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ,तेस्तै नेवार समुदायले भने मङ्सिर २ गते भाईटिका लगाउने निर्णय गरेपछि सरकारले दुई गतेलाई पनि सार्वजानिक विदा दिने निर्णय गरेको छ।