१० जना कोरोना संक्रमितको मृ,त्यु

२९ कात्तिक,काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृ,त्यु भएको छ । काठमाडौंका ३, ललितपुर र कास्कीका २र२, भक्तपुर, काभ्रे र सप्तरीका १र१ जनाको मृ,त्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुले जनाएका छन् ।

कमलपुर, सप्तरीका ४० वर्षका पुरुषको शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ,त्यु भएको छ । कात्तिक २० गते संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए । काठमाडौंका ६६ वर्षका पुरुषको कात्तिक २७ गते मृ,त्यु भएको छ । निमोनिया र मुटुसम्बन्धी समस्या देखिएपछि कात्तिक २० गते अस्पताल भर्ना भएका उनमा २१ गते संक्रमण पुष्टि भएको थियो । काठमाडौंकी ६७ वर्षकी महिलाको कात्तिक २७ गते मृ,त्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक २० गते अस्पताल भर्ना भएकी उनमा कात्तिक २२ गते संक्रमण पुष्टि भएको थियो । उनी रक्तअल्पता र थाइराइडको बिरामी थिइन् ।

काठमाडौंका ७० वर्षका पुरुषको शुक्रबार मृ,त्यु भएको छ । कात्तिक १९ गते अस्पताल भर्ना भएका उनमा २२ गते संक्रमण पुष्टि भएको थियो । उनमा निमोनियाको समस्या देखिएको थियो । ललितपुरकी ८४ वर्षकी महिलाको शुक्रबार मृ,त्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक २५ गते अस्पताल भर्ना भएकी उनमा त्यसै दिन संक्रमण देखिएको थियो । ललितपुरकी ८८ वर्षकी महिलाको कात्तिक २७ गते मृ,त्यु भएको छ । कात्तिक २५ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा निमोनियाको समस्या देखिएको थियो ।

भक्तपुरका ७५ वर्षका पुरुषको कात्तिक २७ गते होम आइसोलेसनमा मृ,त्यु भएको छ । कात्तिक २५ गते संक्रमण पुष्टि भएका उनमा निमोनिया देखिएको थियो । काभ्रेपलाञ्चोकका ६२ वर्षका पुरुषको कात्तिक २६ गते मृत्यु भएको छ । निमोनियाको समस्या देखिएपछि कात्तिक २२ गते अस्पताल भर्ना भएका उनमा कात्तिक २६ गते संक्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका– १४ कास्कीका ६७ वर्षकी महिलाको शुक्रबार विहान २ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ,त्यु भएको छ । कात्तिक २१ गते संक्रमण पुष्टि भएको उनमा निमोनिया, हाइपरटेन्सन र मुटुसम्बन्धी समस्या थियो ।

पोखरा महानगरपालिका–१५ कास्कीका ५४ वर्षकी महिलाको कात्तिक २७ गते दिउँसो ३ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ,त्यु भएको छ । कात्तिक २६ गते संक्रमण पुष्टि भएका उनमा निमोनिया, मधुमेह, मुटुसम्बन्धी समस्या थियो ।