आज नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु ,

कार्तिक २९ ,काठमान्डौ -आज नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्युको छ , यो सगै नेपालमा कोरोनाबाट मर्नेको संख्या १२१५ पुगेको मन्त्रालयको तथ्याङ्क छ।
उपत्यकामा आज थप ८३५ जना अकोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना गरि ८ सय ३५ जना संक्रमित थपिएका हुन् ।
यस्तै काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ३७,भक्तपुरमा १३ सय ६ र ललितपुरमा २३ सय ४६ जना छन् ।
तेस्तै पछिल्लो ४ घन्टामा नेपालभरी १९ सय ४६ कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।
