Gold
Bangad salyan

महिलाको घाँटी च्यापेर जबरजस्ती गर्भ पतन

जेठ २९

Salyan

सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२, सकरदहीमा १७ हप्ताकी गर्भवती बुहारी सनिसा खंगमाथि सासू र काकीसासूले जबर्जस्ती गर्भपतन गराएको अमानवीय घटना सार्वजनिक भएको छ।

पीडितका अनुसार, औषधि खुवाएर, काकीसासूले छाती च्यापेर नियन्त्रणमा लिएर जबरजस्ती औषधि खुवाइएको थियो।

घटनापछि असह्य पेट दुखाइ र रक्तस्राव भएपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्‍याइएको थियो, जहाँ बिहान ८ बजे गर्भपतन भएको पुष्टि भएको हो।

सासू चुलबुलदेवी खंग र ससुरा परमेश्वर खंगलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको छ। काकीसासू सीता खंगसमेत अनुसन्धानको घेरामा छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले घटनालाई जघन्य अपराध भन्दै दोषीलाई कडा कानुनी कारबाही गरिने बताएका छन्।