तिहार लगतै नेपालमा १७ जनाको कोरोनाबाट मृ,त्यु ,

मङ्सिर ४ ,काठमान्डौ – तिहार लगतै नेपालमा एकै दिन कोरोना संक्रमितको निधन भएको छ। आज मात्र नेपालमा कोरोनाबाट १७ जनाको मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ । तेस्तै आज नेपालमा थप २१०३ जनामा कोरोना पुस्टि भएपछि संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको हो ।

यस्तै गत २४ घन्टामा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार १०६ रहेको छ भने क्वारेन्टाइनमा जम्मा ७६७ जना रहेका छन् ।
