गुर्भाकोटमा मङ्सिर ७ गतेबाट नियमित विद्यालय संचालन हुने ,

मङ्सिर ४ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिकाले मङ्सिर ७ गतेबाट सबैखाले विद्यालय खोल्ने निर्नागा गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खत्रीका अनुसार कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय ७ गते संचालन हुने छन्।
विद्यालय भने नगरपालिकाले तोकेको ढाँचामा चन्चालन हुने छन् ,विद्यालयले तोकेको विकल्प मध्ये उपयुक्त ठानेको प्रक्रिया बमोजिम मङ्सिर ३ गते नगरपालिकाको कार्यालयमा बसेको बैठकले मङ्सिर ७ गते आईतबारबाट विद्यालय संचालन गरिने सबैमा अनुरोध गरेको हो।
कोभीड १९ का कारण गत वर्षको चैत ११ गतेबाट देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा पठन पाठन ठप्प छ।
